

बिदेशमा रहेका पतीसँग फोनमा कुरा गर्दागर्दै पत्नीले घाँटी रेटेपछि…

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् । वैदेशिक रोजगारीमा रहेका श्रीमानसँग फोनमा कुरा गर्दागर्दै ती २७ वर्षीया महिलाले आत्महत्याको प्रयास गरेकी हुन् ।
आज बिहान साढे १० बजेतिर श्रीमानसँग फोनमा कुरा गर्दागर्दै महिला एक्कासी चिच्चाएपछि श्रीमानले आमालाई फोन गरेर खबर गरेका थिए । उनका आफन्त र प्रहरीले उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगेका थिए ।
त्यहाँ उपचारपश्चात थप उपचारका लागि उनलाई चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार महिलाको अवस्था गम्भीर छ ।
उनी केही समयदेखि डिप्रेसनमा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

