जनकपुरमा पेस्तोल देखाएर सहकारीका कर्मचारीबाट ८० लाख लुटियो


जनकपुर- जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ ।

सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोसँग भएको ८० लाख रुपियाँ लुटिएको हो ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको जनाएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको बताइएको छ । धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया