श्रीमान् विदेशमा, अर्कैसँग गोंगबुको होटलमा बस्न गएकी श्रीमती मृत फेला


काठमाडौं- काठमाडौंको गोंगबुस्थित एक होटलमा युवती मृत फेला परेकी छिन् । मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भइ हाल काठमाडौंमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी शुक्रबार मृत फेला परेकी हुन् ।

छोरीसँग लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी उनी एक युवकसँग होटेलमा गएकी थिइन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् ।

उनको शव होटलकै बाथरुममा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा भेटिएको प्रहरीले जानएको छ । उनी बाथरुम गएकोमा लामो समयसम्म नफर्केपछि सँगै रहेका युवकले होटल सञ्चालकलाई खबर गरेका थिए ।

मृतक युवतीको शरिरमा चोटपटक देखिएकाले त्यहाँ कुटपिट पनि भएको अनुसन्धानबाट खुलेको छ । युवतीकी सासुले ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कसूर’ मा जाहेरी दिएकी छिन् ।

प्रहरीले उनीसँगै रहेका  काठमाडौंको चन्द्रागिरि नगरपालिका- १५ का अनित कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया