दिल्ली क्यापिटल्सका कप्तान पन्तले किन मागे क्यामेराम्यानसँग माफी ?


काठमाडौं-  आइपीएल अन्तर्गत बुधबार भएकाे दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीचकाे खेलपछि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले एक क्यामेराम्यानसँग माफी मागेका छन् ।

म्याचपछि पन्तले माफी मागेको भिडियो आइपीएलको सोसल नेटवर्किङ साइट ‘एक्स’ मा राखिएको छ । भिडियोमा पन्तले भनेका छन्, ‘माफ गर्नुस् देवाशीष दाइ ! मेरो उद्देश्य तपाईंलाई हिर्काउनु थिएन ।’

पन्तले ब्याटिङका क्रममा बाउन्ड्री बाहिर पुग्नेगरी प्रहार गरेको बल लागेर देवाशीष घाइते भएका थिए । उनी बीसीसीआईको प्रोडक्सन विभागका क्यामेराम्यान हुन् ।

प्रतिक्रिया