विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने बाग्लुङका कँडेल र सुनसरीका श्रेष्ठ पक्राउ


काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल र सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ रहेका छन् ।

पक्राउमध्ये विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ र सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रतिक्रिया