शेयर बजार सामान्य बढ्यो, २ अर्ब ६० करोड रुपैयाँको कारोबार


काठमाडौं– साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से परिसूचक झिनो अंकले बृद्धि भएको छ । नेप्से आज १.५४ अङ्कले बढेर २ हजार ५ सय ४४.९३ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । सोमबार नेप्सेमा सूचीकृत २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता शेयर किनबेच भएको छ । जसबाट २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । जीवन बीमा, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ । आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर झन्डै ६ प्रतिशतले बढेको छ । यस्तै बोटलर्स नेपालको शेयर साढे ५ प्रतिशतले बढेको छ ।

नेप्सेममा पाँचथर पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको शेयरमूल्य ६.९० प्रतिशतले शेयरमूल्य घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.३१ ले ओरालो लाग्दै रु.४१८ पुगेको छ । यस्तै, पञ्चकन्या माईको शेयरमूल्य ४.४७ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.३२९ पुगेको हो ।

आज सर्वाधिक शिवम् सिमेन्टको कारोवार भएको छ । कम्पनीको आज २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, एनिटिसीको १२ करोड ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ६ लाख, एनआइसी एशिया बैंकको १० करोड ५० लाख र पाँचथर पावरको १० करोड ४२ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया