देश दौडाहमा एमाले अध्यक्ष ओली


काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा पुगेका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा पुगेका हुन् ।

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ ।

एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहमा लागेका छन् ।

यसअघि ओली सोमबार नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी भएका थिए । उनले नवनिर्मित क्याम्पस भवनको उद्घाटनसमेत गरेका थिए ।

प्रतिक्रिया