आइएमईको होस्टेमा हैंसे अफर सार्बजनिक


काठमाडौं – पुरानो तथा भरपर्दौ सेवा प्रदान गर्दै आईरहेको रेमिट सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले बैंक डिपोजिटलाई लक्षित गर्दै होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ ।सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ सम्म एक महिना कायम हुने कम्पनीले जानकारी दिएको छ ।

‘होस्टेमा हैंसे’ अफरअन्तर्गत नेपालभर जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिने जनाईएको छ । यसरी पैसा पठाउनेमध्येबाट अफर अवधिभर हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जनालाई २५ हजार रुपैयाँ र बम्परमा एक जना भाग्यशालीलाई एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया