नेपाली सेनाको हेलिकोप्टरभित्रै बच्चा जन्मियो


काठमाडौं – नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन्। खत्याड गाउँपालिका–४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो। यहीकारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ।

जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन्।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ। सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया