स्थानीय निर्वाचनका लागि ४५९ जना अधिृकतको नाम सिफारिस


काठमाडौं – न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृत र अधिकृत गरेर ४५९ जनालाई स्थानीय तहको निर्वाचनमा खटाउन सिफारिस गरेको छ।

न्याय परिषद्को सोमबार बसेको बैठकले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका लागि ७७ जना न्यायाधीश खटाउन सिफारिस गरेको हो।

त्यसैगरी परिषद्ले निर्वाचन अधिकृतका लागि न्याय, कानुन र सरकारी वकिल समूहबाट तीन सय ६७ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ।

एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत हुनेछन्।

यदि कुनै जिल्लामा न्यायाधीश विरामी परेको अवस्थामा वा विशेष कारण मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जनाको नाम जगेडामा राखिएको बताइएको छ।

प्रतिक्रिया