अनुसन्धानकर्ताहरू भन्छन् – कोरोनाबाट वर्षको अन्त्यसम्म २० लाख बढी मानिसको मृत्यु हुनसक्छ


एजेन्सी– एसियामा नै धनी परिवारमा गनिन्छ अम्बानी परिवार । धीरुभाई अम्बानीले सुरु गरेको व्यवसायले उनलाई त सम्पन्न बनायो नै उनको व्यवसायलाई निरन्तरता दिएका मुकेश अम्बानी र अनिल अम्बानी पनि उत्तिकै सम्पन्नशाली छन् ।

९ महिना अगाडि सुरू भएको कोरोना महामारीका कारण हुने मृत्युले गत साता १० लाखको आँकडा पार गर्‍यो। भाइरसको प्रकोप अझै जारी छ।

यस्तोमा स्वास्थ्य अनुसन्धानकर्ताहरूले कोरोनाका कारण आगामी ३ महिनामा थप १० लाख मानिसको मृत्यु हुने बताएका छन्।

पृथ्वीको उत्तरी गोलार्दका देशहरूमा जाडो सुरू भएसँगै यसमा तीब्र वृद्धि देखिनसक्ने उनीहरूको भनाइ छ।

सोमबार विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले हाल विश्वका १० प्रतिशत मानिसलाई संक्रमण भइसकेको अनुमान पेस गरेको थियो, जुन अहिले प्रामाणिक संख्याको २० गुना बढी हो। उसले आगामी समयमा कठिन दिनहरू आउने चेतावनी दिएको छ।

अमेरिकाको युनिभर्सिटी अफ वासिङ्टनको इन्सिट्यूट अफ हेल्थ मेट्रिक्स तथा इभ्यालुएसनको अनुमान अनुसार वर्षको अन्त्यसम्म २३ लाखको आसपासमा मानिसहरूको मृत्यु हुनसक्नेछ।

यस अनुमानलाई डब्लुएचओको सहयोगी केन्द्र ‘सेन्टर फर नलेज ट्रान्सेलेसन एण्ड हेल्थ टेक्नोलोजी एसेसमेन्ट इन हेल्थ इक्विटीका सह-निर्देशक जेनेट ह्याचर रोबर्ट्सले यो वृद्धिले त्यो वोध गराउने बताएकी छन्।

‘महामारी दिइएको सामान्य प्रसार भन्दा बढिरहेको छ र सत्य के हो भने यो भाइरस एकदमै संक्रामक छ’, उनले भनिन्, ‘यसले अर्थ राख्छ किनकी हामीले रोकथामका उपायहरूलाई कडाइकासाथ समन्वित र व्यवस्थित तरीकाले पालना गरिरहेका छैनौं। यसले हाम्रो महामारीविरूद्धको हाम्रो दक्षतामा छिद्रहरू छोडेको छ।’

मानिसहरू ‘महामारीको थकान’ महशुस गरिरहेका छन् र स्वास्थ्य सल्लाहहरूलाई उपेक्षा गर्न थालेका छन्। जसले महामारी छैन भनेर यसलाई अस्विकार गर्नुको मतलब महामारी अझै निरन्तर बढिरहने ह्याचर बताउँछिन्।

यसैगरी न्यूजिल्याण्डको युनिभर्सिटी अफ ओटागोका जनस्वास्थ्य प्रोफेसर माइकल बेकर महामारी विश्वव्यापी रूपमा अझै फैलिने क्रममा रहेको मान्दछन्। तर उनका अनुसार संसारमा यो भिन्नभिन्न अवस्थामा छ।

‘एसिया-प्यासेफिकका देशहरूले कयौं उपायहरू अपनाइरहेका छन् जसले संक्रमणलाई तल राखिरहेको छ। यसको ठिक विपरित रोकथामका उपायहरूलाई खुकुलो पारेका युरोप र उत्तरी अमेरिकाका देशहरूमा संक्रमण बढिरहेको पाइएको छ’, बेकरले भने।

यध्यपी कम परीक्षणका कारण मध्यम आय भएका मुलुकमा संक्रमणलाई निगरानी गर्न कठिन भएको उनको भनाइ छ। उत्तरी गोलार्दमा जाडो र फ्लूको मौसममा प्रवेश गर्दैगर्दा स्वास्थ्य विज्ञहरूले मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

बेकरले समशीतोष्ण देशहरूमा स्वास्प्रश्वाससँग सम्बन्धित संक्रमणदर बढ्नुमा जाडो जोडिएको बताए। उनले जाडोका कारण मानिसहरूले भिडभाड हुने भित्रको माहोलमा ज्यादा समय बिताउने र भाइरस पनि त्यस्तै ठाउँमा लामो समय बाँच्ने र संक्रमणविरूद्धको प्रतिरक्षालाई तल लैजाने भएकाले संक्रमण फैलिने अवस्था आउने बताउँछन्।

‘हामी जाडोमा कोभिड-१९को संक्रमण बढ्छ भनेर आशा गर्न सक्छौं, जसले गर्दा यो समयमा उत्तरी गोलार्दमा संक्रमणमा वृद्धि हुनसक्छ’, उनले भने।

विश्वव्यापी स्वास्थ्यको अध्ययन गर्ने डेलवेयर स्टेट युनिभर्सिटीकी प्रोफेसर डोना प्याटरसनले  सक्रिय प्रकोप भएका देशहरूका लागि परीक्षण, उपचार, सम्पर्क ट्रेसिङ तथा क्वारेन्टाइन आवश्यक रहेको बताइन्।

‘महामारीप्रति सरकार वा नागरिक उदासिन भए यो बढ्छ भनेर पहिले पनि देखिसकिएको छ’, उनले भनिन्।

उनले अमेरिका, मेक्सिको र ब्राजिल जस्ता देशहरूमा संक्रमण संख्या अझै स्थिर हुन बाँकी छ र यो दर बढे दोश्रो लहर चिन्ताजनक हुने बताइन्।

ह्याचरका अनुसार सामान्य रूघाखोकी र कोभिड-१९ का लक्षणलाई छुट्याउन गार्हो हुनेभएकाले रूघाखोकीको मौसमले अतिरिक्त जटिलता ल्याउनसक्नेछ।

अमेरिकामा रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जारी गरेको सामान्य निर्देशनहरू राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भइसकेपछि पनि यथावत रहेको छ।

तर ट्रम्पले अस्पतालमा रहँदा र बाहिरिएपछि पनि मानिसहरूलाई कोरोनाबाट नडराउन भनेको कुराले उनले अझै महामारीलाई गम्भीर ढंगले नलिएको देखाएको प्याटरसन बताउँछिन्।

‘मलाई लाग्छ ट्रम्पलाई भएको कोरोनाले यस रोगबारेको सचेतनालाई अझै व्यापक बनाउनेछ र अमेरिकाले यसप्रति अझै समन्वय गर्नेछ’, उनले भनिन्।

प्याटरसनका अनुसार हालैका समयमा मास्क, थर्मोमिटर र कीटाणुनाशकको विक्रीमा भएको वृद्धिले यसअघि भाइरसलाई लिएर धेरै मानिसहरूले विज्ञानमाथि राख्दै आएको संशयलाई गम्भीरताका साथ लिन थालेको देखाउँछ।

‘मास्कको प्रयोग, सामाजिक दुरी र अन्य जनस्वास्थ्यका उपायहरू तारान्तारको संक्रमण वृद्धि नियन्त्रणका लागि देशभर प्रभावकारी हुनेछ’, उनले भनिन्।

‘मेरो सोचाइमा अर्को वा दुई सातामा आममानिस र ट्रम्पको स्वास्थ्यको विकासले यसले कसरी काम गर्छ भनेर भन्नेछ’, हार्वर्ड ग्लोबल हेल्थ इंस्टिट्यूटका सहयोगी संकाय निर्देशक इंग्रिड थेरेसा काट्जले भने।

‘उनको आचरणले (कोविड-१९ स्थिति) मा कस्तो असर पार्नेछ भनेर अनुमान गर्न गाह्रो छ … र मास्क लगाउनको लागि जनादेश चलाउनेहरूले अब यसको महत्त्व बुझेका हुनेछन कि’, उनले भनिन्।

प्रतिक्रिया