भारतबाट आएका तीनजनामा कोरोना संक्रमण


कैलाली- भारतबाट आएका तीनजनामा कोरोना संक्रमण भेटिएको छ । सुदूरपश्चिमको कैलालीस्थित गौरीफन्टा नाकाबाट भित्रिएका ३६ जनाको कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिमको प्रादेशिक आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यद्यपि उक्त भाइरस भारतमा फैलिएको कोरोनाको नयाँ जेएन १ भेरिअन्ट हो या होइन भनेर पुष्टि भने भएको छैन । त्यसका लागि परीक्षण गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया