
माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको काउन्टर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको दस्तावेजमाथि स्थायी कमिटी सदस्य राम कार्कीले ‘फरक मत’ राखेका छन् ।
उनले प्रचण्डले प्रस्तुत गरेको दस्तावेज ‘एक्काइसौं शताव्दीमा समाजवादको नेपाली बाटो’ मा फरक मत राखेका छन् । कार्कीले आफ्नो फरक मतलाई महाधिवेशन प्रतिनिधिसम्म लैजान अनुमतिसमेत मागेका छन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजले माओवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा समग्रतामा नेतृत्व दिन नसक्ने भन्दै कार्कीले आफ्नो फरक दस्तावेज प्रचण्डलाई बुझाएका छन् ।
कार्की निकट स्रोतका अनुसार प्रचण्डले कार्कीको फरक मत अध्ययनपछि पार्टीले छलफलमा लैजाने वा नलैजाने भन्ने निर्णय गर्ने जवाफ दिएका छन् ।
कार्कीले विगतलाई हेर्ने दृष्टिकोण, अन्तर्राष्ट्रि परिस्थिति लगायत वैचारिक सैद्धान्तिक विषयमा फरक मत राखेका छन् । प्रचण्डले भने आफ्नो दस्तावेजले माओवादी पार्टीलाई समग्रतामा नयाँ ढंगले रुपान्तरण गर्ने बताएका छन् ।



कागजपत्र |
