प्रचण्डलाई अध्यक्ष बनाएलगत्तै सकियो माओवादीको केन्द्रीय समितिको पहिलो बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ ।

सोमबार ललितपुरमा बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्ष पदका लागि पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेपछि कृष्णबहादुर महराले समर्थन गरेका थिए । त्यसपछि बैठकमा अध्यक्षका लागि अन्य कसैको ‘दाबी’ नपरेपछि दाहाल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

माओवादी केन्द्र अध्यक्षमा पुनःनिर्वाचित भएपछि दाहालले अध्यक्षको हैसियतले आगामी पुस २५ गते अर्को बैठक बोलाएको जनाइएको छ । त्यसपछि पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया