आगामी निर्वाचनमा युवालाई प्रथामिकता दिनुपर्छ : प्रचण्ड


काठमाडाैं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघीय तथा प्रदेशसभा निर्वाचनमा पार्टीले युवालाई प्रथामिकता दिने बताएका छन् । शनिबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहित कार्यालय टिमसँग भएको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनसम्ममा अखिल क्रान्तिकारीलाई पहिलो नम्बरको संगठन बनाउन पनि निर्देशन दिए । उनले संगठनलाई विस्तार गरि समाजमा राजनीतिक चेतना सहितको सन्देश दिन समेत निर्देशन दिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।

स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याएको भन्दै प्रचण्डले आगामी निर्वाचनका लागि युवा विद्यार्थी त्यही अनुसार अघि बढ्नुपर्ने बताएका थिए। संगठनका विविध विषयमा छलफल गर्न भएको बैठकमा माओवादीका नेता वर्षमान पुन, विद्यार्थी इन्चार्ज हितमान शाक्यलगायत सहभागी थिए।

प्रतिक्रिया