माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत निर्वाचित


काठमाडौ – नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट प्रचण्ड सर्वसम्मत निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राखेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए ।

उक्त प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मत अनुमोदन गरेको हो । माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीबाट पार्टी पदाधिकारी चयनको प्रक्रिया सुरु गरिएको हो ।

प्रतिक्रिया