रिसोर्टमा एक युवतीको शव फेला


काठमाडौं – कैलालीमा युवकको घाँटी रेटेर हत्या भएको घटना बाहिरिए लगत्तै काठमाडौंमा पनि एक युवतीको शव फेला परेको छ । शंकरापुर–३ जर्सिङपौवास्थित् लाङटाङ ईको रिसोर्टमा १९ वर्षीया उर्मिला आलेमगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगा मानेभञ्जाङकी मगर सोहि रिसोर्टमा कार्यरत थिइन् । मृतक र रिसोर्टमा काम गर्ने एकजना पुरुष सँगै सुतेका थिए ।कोइला बालेर सँगै सुतेका अर्जुन मगर र उर्मिला नउठेपछि ढोक फुटाएर हेर्दा दुवैजना अचेत अवस्थामा भेटिएको रिसोर्टले जनाएको छ ।

अर्जुनको उपचार पछि होस आएको रिसोर्टले जनाएको छ । उनीहरु दुईजना लिभिङ टुगेदरमा थिए । उनीहरु झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया