दाङमा जिल्लाभर १ सय ५१ शिक्षककाे दरबन्दी खाली


दाङ – दाङमा एक सय ५१ शिक्षककाे दरबन्दी खाली रहेको छ । जिल्लाभर एक सय ५१ शिक्षककाे दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङले जनाएको छ ।

दाङमा अहिले प्राथमिक तहमा एक सय २२, निम्न माध्यमिक तहमा २३ र माध्यमिक तहमा ६ गरी एक सय ५१ शिक्षककाे दरबन्दी खाली भएको कार्यालयले जनाएको छ ।

प्राथमिक तहमा घोराहीमा ३९, तुलसीपुरमा २१, लमहीमा दुई, राप्तीमा पाँच, गढवामा आठ, राजपुरमा १३, बङ्गलाचुलीमा १७, दङ्गीशरणमा चार, शान्तिनगरमा तीन र बबईमा १० शिक्षककाे दरबन्दी खाली रहेको कार्यालयले जानकारी दिएको छ ।

यस्तै निमावि तहमा घोराहीमा चार, तुलसीपुरमा चार, राजपुरमा चार, बङ्गलाचुलीमा पाँच र बबईमा एक शिक्षककाे दरबन्दी खाली रहेको छ । यसैगरी माध्यमिक तहमा घोराहीमा दुई, तुलसीपुरमा एक, राप्तीमा एक, राजपुरमा एक, बङ्गलाचुलीमा एक शिक्षककाे दरबन्दी खाली रहेको कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया