धनुषामा युवकको शव फेला


जनकपुरधाम – धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । जिल्लाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको शव भेटिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको देखिएको छ । यस्तै पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरेको देखिएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिँदैछ ।

शव भेटिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया