महोत्तरीमा निर्माणाधीन रेलवे लिक नजिकै एक गर्भवतीको शव फेला


जनकपुरधाम – महोत्तरीमा एक गर्भवतीको शव फेला परेको छ।

महोत्तरीको गौशाला नगरपालिका-१२ मा पर्ने सागरनाथ वन परियोजनाअन्तर्गत निर्माणाधीन रेलवे लिकभन्दा ५ सय मिटर दक्षिणतर्फ जंगलमा बुधबार महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।

महोत्तरी जिल्ला प्रहरीका प्रवक्ता प्रकाश बिष्टका अनुसार फेला परेको शव करिब २६ वर्षीयाको रहेको र उनको पहिचान खुलेको छैन।

उनी गर्भवती रहेको र घाँटीमा डाम देखिएकाले उनको हत्या भएको हुनसक्ने आशंका रहेको प्रवक्ता बिष्टले बताए। प्रहरी घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि जलेश्वर अस्पताल पठाएको छ।

प्रतिक्रिया