घरबाटै सम्पर्कविहीन भएका वृद्धको १० दिनपछि शव फेला


गोरखा – गएको १० दिनदेखि हराएका एक वृद्धको शव आज फेला परेको छ । गोरखा नगरपालिका-१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए।

गत फागुन २३ गते बिहानदेखि घरपरिवारबाट सम्पर्कविहीन भएका न्यौपानेको बिहान करिब ८ बजे शव भेटिएको प्रहरीको भनाइ छ । न्यौपानेको शव सडेगलेको अवस्थामा फेला परेको र घटनास्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइको उनले बताए।

मृतक न्यौपाने मानसिक रोगी भएको र नियमित रूपमा मानसिक रोगको औषधिसमेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उनको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया