सिटौलाको ‘सिलौटा’मा पिसिएका पौडेल!


आज भन्दा २५ वर्षपहिला अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति बनेका तनहुँका प्रदीप पौडेल विद्यार्थी राजनीतिका चर्चित एवं लोकप्रिय नेता हुन् । त्यसपछि पौडेल नेपाल विद्यार्थी संघ केन्द्रीय उपसभापति हुँदै ५ वर्ष सभापति बन्दै विद्यार्थीबीच राम्रो छवि बनाउन सफल भए ।

नेपालको भावी प्रधानमन्त्रीको रुपमा अगाडि बढेका पौडेल १३ औं कांग्रेस महाधिवेशनबाट १७०९ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए, जुन २५ केन्द्रीय सदस्यले प्राप्त गरेको मत मध्ये टप ५ मत हो । युवा जमातका लोकप्रिय पौडेल तनहुँको क्षेत्र नं. २ (क) बाट प्रदेशसभा निर्वाचनमा भने ५ मतको झिनो अन्तरले माओवादीकी आशा कोइरालासँग पराजित बन्न पुगे ।

नेपाली कांग्रेसमा अनेकौं दोस्रो पुस्ताका नेताहरु रहेको अहिलेको परिवेशमा पौडेल १४ औं महाधिवेशनमा भने महामन्त्री उम्मेदवार बने । जुन, उनको राजनीतिक यात्राको सर्वाधिक सफलता हो । अघिल्लो पुस्ताका डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजालसँगै महामन्त्रीमा उम्मेदवारी दिन पाउनु पौडेलका लागि सुखद भए पनि गगन थापा र विश्वप्रकाश शर्माहरुसँगको भिडन्त भने घातक नै हो र भयो पनि त्यस्तै ।

कांग्रेस प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा यसपटकका संस्थापन पक्षका निर्विकल्प महामन्त्रीका उम्मेदवार थिए । तर, उनै शर्माको राजनीतिमा जहिले पनि छायाँ पार्न खोज्ने कृष्ण सिटौला प्रदीप पौडेललाई लिएर ‘सौता’ पसे । जुन, सिटौलाका लागि भन्दा प्रदीपका लागि भारी पर्यो ।

१३ औं महाधिवेशनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित पौडेलले यसैपटक सिटौलाको जालमा नपरेर महामन्त्रीको लोभ त्यागेर सहमहामन्त्रीमा उम्मेदवारी दिएको भए सायद यसपटकका ‘म्यान अफ द इलेक्सन’ का साथै अर्कोपटक महामन्त्रीका निर्विकल्प उम्मेदवार बन्थे होला । कांग्रेस कार्यकर्ताले प्रदीपलाई अब सिटौलाको ‘ट्याग’ भिराउने अवसर पाए । हुन त, अर्को तर्फबाट सोच्ने हो भने अहिले नै महामन्त्रीमा पराजय भोगेको उम्मेदवार अर्कोपटकका लागि महामन्त्री ‘पक्का’ भएको छ भन्ने पनि विश्लेषण गर्न सकिन्छ ।

कांग्रेस प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा यसपटकका संस्थापन पक्षका निर्विकल्प महामन्त्रीका उम्मेदवार थिए । तर, उनै शर्माको राजनीतिमा जहिले पनि छायाँ पार्न खोज्ने कृष्ण सिटौला प्रदीप पौडेललाई लिएर ‘सौता’ पसे । जुन, सिटौलाका लागि भन्दा प्रदीपका लागि भारी पर्यो ।

हुन त सिटौलाको देउवासँगको अहिलेको सम्झौता संस्थापनमा महामन्त्रीमा प्रदीपलाई अगाडि सारेर आगामी महाधिवेशनमा सभापतिका लागि आफ्नोे ‘स्पेस’ बनाउनु ध्येय हो, तर असफल सिद्ध भए, अनि भोगे प्रदीपको पराजय । जुन आगामी दिनमा सिटौलाको लागि कांग्रेस राजनीति असहज बन्नमा सहयोगी सावित हुनसक्छ । अधिकांश समय पार्टी राजनीतिमा होस् वा राष्ट्रिय राजनीतिमा चतुर खेलाडीका रुपमा प्रस्तुत हुने सिटौला यसपटक भने असफल भए ।

प्रदीपलाई महामन्त्री बनाएर अर्को महाधिवेशनमा सभापतिको भर्याङ चढ्न खोज्नु सिटौलाका लाग घातक सिद्ध भयो । उनले सिटौलाले देउवालाई रिझाए, देउवासँग सम्झौता गरे, समझदारी गरे, तर त्यस रिझाई, सम्झौता अनि समझदारीले कार्यकर्ता वा महाधिवेशन प्रतिनिधिहरुमा भने कुनै असर नगरेको मतपरिणामले देखाई हाल्यो । प्रतिनिधिले भोट हाले, न त देउवाको उम्मेदवार न त सिटौलाको उम्मेदवार, न त उनीहरुले प्रकाशमानको उम्मेदवार नै भोट हालेका हुन्, उनीहरुले त केबल गगन थापा अनि विश्वप्रकाशलाई नै भोट हालेको पुष्टी भयो ।

संस्थापनमा रहेका विश्वप्रकाशले निरीह प्रकाशमान सिंहको प्यानलबाट चुनाव लड्दै गर्दा राम्रो मतान्तरसहित जित हातपार्नु त्यसको उदाहरण हो ।

अहिलेसम्मको मतपरिणाम हेर्दा नेपाली कांंग्रेसका नेता भन्दा कार्यकर्ता धेरै समझदार र बुद्धिमानी रहेछन् भन्ने प्रष्ट भएको छ । किनकी देउवाले राम्रो मतान्तरसहित जित्दै गर्दा उनकै प्यानलका विजय गच्छादारले हार ब्यहोर्नु, गगनले दुईतिहाई मतका साथ महामन्त्री जित्दै गर्दा उनकै प्यानलका मिनेन्द्र रिजालले ८ सय मत मात्र ल्याउनु त्यसको ज्वलन्त उदाहरण हो ।

सिटौला आफैंमा नराम्रो नभए पनि लोकप्रिय नेता विश्वप्रकाश शर्मालाई अघि बढ्न नदिनु उनको नकारात्मक पक्ष हो । विश्वप्रकाशको हरेक प्रगतिमा भाँजो हाल्न तम्सिने सिटौला आखिर आफैं शर्माबाट टाढा बन्नुपर्ने देखिन थाल्यो । देशभरका कार्यकर्ताको विश्वास जितेका शर्मालाई साथ लिएर हिँड्न सकेको भए सायद सिटौलालाई भावी कांग्रेसको नेतृत्वमा कसैले रोक्न सक्नेथिएन । किनकी नेपाली कांग्रेसको भविष्य युवा पुस्तामा गईरहँदा सिटौलाले युवा–युवाबीचमा नै भिडन्त गराएर ठूलो भूल गरे ।

१३ औं महाधिवेशनमा आफू सभापतिसहित बलियो गुट बनाएका सिटौला लज्जास्पद पराजयसँगै राजनीतिक माहौलबाट टाढिन लागेजस्ता देखिएका छन् । अघिल्लो महाधिवेशनमा गगन थापा जस्तो बलियो उम्मेदवारसहित गुट बनाएर चुनावी मैदानमा उत्रिएका सिटौला यसपटक प्रदीप पौडेलको साहारामा कांग्रेस राजनीति गर्न बाध्य भए । आफ्नै गुटका थापालाई आफूभित्र राख्न नसक्नु कांंग्रेसमा सिटौला प्रभाव कम हुँदै जानु जस्तो देखियो ।

कुटील चालका सिटौलाको यस कार्यसँगै नेपाली कांगं्रेसको राजनीतिमा प्रदीप पौडेलमा थोरै भए पनि दाग लाग्यो । सिटौला आफैंमा नराम्रो नभए पनि लोकप्रिय नेता विश्वप्रकाश शर्मालाई अघि बढ्न नदिनु उनको नकारात्मक पक्ष हो । विश्वप्रकाशको हरेक प्रगतिमा भाँजो हाल्न तम्सिने सिटौला आखिर आफैं शर्माबाट टाढा बन्नुपर्ने देखिन थाल्यो । देशभरका कार्यकर्ताको विश्वास जितेका शर्मालाई साथ लिएर हिँड्न सकेको भए सायद सिटौलालाई भावी कांग्रेसको नेतृत्वमा कसैले रोक्न सक्नेथिएन । किनकी नेपाली कांग्रेसको भविष्य युवा पुस्तामा गईरहँदा सिटौलाले युवा–युवाबीचमा नै भिडन्त गराएर ठूलो भूल गरे ।

महाधिवेशन प्रतिनिधिहरुको जनमतले कुटील सिटौलाको साँचोबाट प्रदीप पौडेलले भाग्य खोल्ने अवसर पाएनन् यसपटक । तर, अर्को हिसाबमा भन्ने हो भने सिटौलाकै कारणले महामन्त्री जस्तो पदमा उम्मेदवारी दिए पाए, त्यो पनि भाग्य नै हो, मतपरिणाम जे भएपनि । प्रदीपको पराजय यस महाधिवेशनमा प्रदीप असफल भन्दा पनि सिटौला असफल भएको प्रमाणित भएको छ ।

प्रतिक्रिया