


माओवादी केन्द्र पदाधिकारी बैठक जारी
अग्निविरुद्ध सर्वोच्चको आदेशबारे छलफल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ ।
बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसिरहेको हो ।
बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।
यस्तै बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

