प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधका कारण भोलिसम्मका लागि स्थगित


काठमाडौं — प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलहरूको निरन्तर अवरोधका कारण भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु हुनासाथ अवरोध कायमै देखिएपछि बैठक स्थगित गर्ने घोषणा गरेका हुन्।

आजको बैठक प्रारम्भ भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका सांसदहरू उभिएर विरोध जनाएका थिए।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै उनको राजीनामाको माग गर्दै १२ जेठदेखि सदन अवरुद्ध गर्दै आएका छन्। सोही विषयमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरू निरन्तर आन्दोलित छन्।

प्रतिक्रिया