यसकारण शशांक नभई एनपी साउद बने सर्वाधिक मत ल्याउने उम्मेदवार…!


काठमाडौ –  महामन्त्रीका बलिया सम्भावित उम्मेदवार एनपी साउद संस्थापन समूहका तर्फबाट मात्रै केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका छन् ।

आइतबार सम्पन्न मतगणनामा केन्द्रीय सदस्यमा निर्वाचित भएका साउद केन्द्रीय सदस्यका अर्का विजेता शशांक कोइरालापछि सर्वाधिक मत प्राप्त गरेर जित हात पारेका थिए ।

साउदले प्राप्त गरेको मत समग्रमा दोस्रो सर्वाधिक धेरै मत भए पनि शशांकलाई संस्थापन र डा. शेखर कोइराला दुवै प्यानलले केन्द्रीय सदस्यको उम्मेदवार बनाएपछि संस्थापनको मात्रै प्यानलमा परेका साउदले सर्वाधिक मत ल्याउने उम्मेदवार बनेका हुन् । कोइराला सभापतिका दुवै उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए ।

संस्थापन प्यानलमा मात्रै रहेका साउदले जम्मा खसेको ४७०५ मध्ये २९३७ मत प्राप्त गरेर नम्बर एक उम्मेदवार बने भने समग्र केन्द्रीय सदस्यमा दोस्रो सर्वाधिक मत प्राप्त गर्न सफल भए ।

महामन्त्रीका लागि बलिया उम्मेदवार मानिएका साउद अन्तिम समयमा आएर केन्द्रीय सदस्यमा मात्रै सीमित हुनु भन्ने पार्टी नेतृत्व निर्णयलाई शीरोधार्य गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।

नेपाली कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सम्पन्न भइसकेको छ । ९९ उम्मेदवार रहेको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भए । जम्मा ४७०५ मत खसेको थियो भने १७१ मत बदर भएको थियो ।

केन्द्रीय सदस्यका लागि पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालाले सबैभन्दा धेरै अर्थात् ३८३६ मत पाएका छन् ।

संस्थापन समूहका बलियो मानिने नेता गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण, सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सुदूरका पार्टीभित्रका प्रमुख प्रतिस्पर्धी रमेश लेखक भन्दा साउद लोकप्रिय देखिएका छन् ।

नेविसंघको अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका शालिन र बौद्दिक नेता साउदलाई कुशल संगठकका रूपमा हेरिन्छ ।

प्रतिक्रिया