कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण (फोटोफिचर)
काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण सुरु गरिएको छ ।
पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
प्रमाणपत्र हस्तान्तरणपछि आजै नयाँ कार्यसमितिको पहिलो केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा सभापति शेरबहादुर देउवासहित १३४ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ। कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन्।