ए डिभिजन लिगः आज दुई खेल, पहिलो खेलमा संकटा र मनाङ भिड्दै


काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी र दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।

आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।  संकटा आज दोस्रो जितको खोजीमा रहेको छ । मनाङ लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

च्यासल र एनआरटीबीचको खेल ४:४५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । च्यासल दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया