‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज भिड्दै


काठमाडाैं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ । आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् ।

खेल काठमाडाैंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ४ः४५ बजे सुरु हुनेछ ।  हिमालयन शेर्पा चार खेलमा दुई अङ्क जोडेर १३औँ स्थानमा छ ।

ब्रिगेडको चार खेलमा पाँच अङ्क छ । ब्रिगेड ब्वाइज आठौँ स्थानमा छ ।

प्रतिक्रिया