ए डिभिजन लिग : पाँचौँ चरणका खेल शुरु, आज दुई खेल हुँदै


काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरु आज शुरु हुँदैछ । पाँचौ चरणको पहिलो दिन आज दुई खेल हुने तालिका छ ।

पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

आर्मीविरुद्ध मैदान उत्रदा सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर सातदोबाटो लिगको पाँचौं स्थानमा रहेको छ । आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ । संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने मछिन्द्र १० अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया