भारतीय प्रधानमन्त्री मोदीको अकाउन्ट ह्याक!


नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

रातको २ बजेर ११ मिनेट जाँदा मोदीको आधिकारिक ट््वीटर अकाउन्ट @narendramodi ह्याक भएको जनाइएको छ । त्यतिबेला मोदीको अकाउन्टबाट ट्वीट गर्दै भनिएको थियो, ‘भारतले आधिकारिक रुपमा विटक्वाईनलाई कानुनी मान्यता दिएको छ र सरकारले ५ सय विटक्वाइन खरिद गरेर मानिसहरुलाई बाँडिरहेको छ’ भनेर ट्वीट गरिएको थियो । त्यसको २ मिनेटपछि उक्त ट्वीट हटाइएको थियो । त्यसलगत्तै २ बजेर १४ मिनेटमा पनि यस्तै किसिमको ट्वीट गरिएको थियो ।

उक्त अकाउन्ट ह्याक भएपछि मोदी सरकार एक्सनमा आएको छ । सरकारले उक्त ह्याकर पत्ता लगाउनका लागि सीइआरटी–आईएनलाई खटाएको छ । उक्त विभागले केन्द्र सरकारको आइटी मन्त्रालयको मातहतमा काम गर्ने गर्दछ ।

प्रतिक्रिया