एनपीएल क्रिकेट : लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाडौं भिड्दै


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

अपराजित लुम्बिनी लायन्सले तीन खेलमा दुई जित निकालेको छ भने एक खेलमा अङ्क बाँडेको छ । पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी चौथो जितको खोजीमा छ । उता जनकपुरले चार खेल खेलिसक्दा दुई हार र दुई जित निकाल्दै चार अंक जोडेको छ ।

जनकपुर तालिकाको चौथो स्थानमा छ । समान अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा अगाडि छन् । तेस्रो जितको खोजीमा रहेको जनकपुरले पाँचौ खेल खेल्दै छ ।

त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्स भिड्दै छन्। दुई खेलमा एक हार र एक जित निकालेको काठमाडौँ दोस्रो जितको खोजीमा छ ।

दुई अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

चार खेलमा दुई जित निकालेको विराटनगर किंग्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पाँचौ खेलमा तेस्रो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया