एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, के–के छन आज छलफलका एजेन्डा?


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज बस्ने बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ।

त्यस्तै आजको बैठकमा नेताहरुको कार्यविभाजन गर्नेसमेत रहेको छ। चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।

हिजोको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ। जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय भएको छ।

सबै जनवर्गीय संगठनहरुलाई अधिवेशन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिइसकेका छन्। शनिबारको बैठकबाट अमृतकुमार बोहोरालाई सल्लाहकार परिषद् अध्यक्षमा नियुक्त गरिएको छ।

प्रतिक्रिया