ए डिभिजन लिग : एपीएफ र पुलिस खेले १-१ गोलको बराबरी


काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै अग्रता बनाएको पुलिसले गोलकिपर र डिफेन्डरबीचको असमझदारीको फाइदा उठाउँदै सुमन लामाले गोल गरेका थिए।

खेलको ४० औं मिनेटमा एपीएफका प्रदिप लामाले पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गर्दै गोल गरेका थिए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा रोकियो।

योसँगै १२ अंक जोडेको नेपाल पुलिस ११ औं स्थानमा यथावत छ भने एपीएफ १५ अंक जोड्दै ८ औं स्थानमा यथावत छ। आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब पौने ५ बजे आमनेसामने हुनेछन्।

प्रतिक्रिया