ए डिभिजन लिग : पुलिस र थ्री स्टारकाे खेल पनि बराबरी


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज बुधवार भएकाे खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिस र थ्री स्टारले एक–एक गोलको बराबरी खेलेका हुन् । खेलकाे २१ औँ मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई एक-शून्यको अग्रता दिलाए ।

पहिलाे हाफसम्म थ्री स्टार अग्रता लिन सफल भयाे । दाेस्राे हाफकाे खेल सुरु भएकाे ५३ मिनेटमै सुमन सुवेदीले गाेल गर्दै पुलिसलाई बराबरीमा ल्याउन सफल भए ।

आजकाे बराबरीसँगै थ्री स्टार ११ खेलमा १८ अङ्कसहित तालिकाकाे चौथो स्थानमा छ । उति नै खेल खेलेकाे पुलिस ११ अङ्कसहित नवौँ स्थानमा छ ।

प्रतिक्रिया