विदेशी डाक्टर भएको भन्दै १ करोड २२ लाख रुपैयाँ ठगी गर्ने दुई पक्राउ


काठमाडौं – आफूलाई विदेशी प्लास्टिक सर्जन भएको भन्दै १ करोड भन्दा बढी ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले आफूलाई डाक्टर बेन्जामिन फ्रांकलिन भन्दै आफू प्लास्टिक सर्जन भएको र एक साताको लागि मलेशिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएकोले आफू बेलायत फर्किएपछि दोब्बर पैसा दिन्छु भन्दै ठगी गर्ने कास्की जिल्ला पोखरा उपमहानगरपािलका वडा नं. १० का राजेन्द्र भण्डारी र काठमाडौं – १३ ताहचलका २८ वर्षीय रोजन भुजेल काठमाडौंको एयरपोर्ट नजिकबाट पक्राउ परेका छन् ।

उनीहरुले बैक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा राजेन्द्र भण्डारीको नामको गरिमा बिकाश बैकको खातामा रु ७८,००,०००।- र रोशन भुजेलको नामको नबिल बैकको खातामा रु ९,५०,०००।- समेत गरी जम्मा रु १,२२,००,०००।- रकम पिडितलाई पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरु मध्येका रोजन भुजेललाई मंगलबार का.जि.कालिमाटी तथा राजेन्द्र भण्डारीलाई बुधबार १३:३० बजे काठमाण्डौ-९ एयरपोर्टमा फेला पारी पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया