एमाले महाधिवेशनः सौराहाको होटलमा भात अभाव


चितवन – एमालेको १०औं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहामा भातको अभाव भएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताको चापले गार्द सौराहाको होटल तथा रेष्टुरेन्टहरुमा भातको अभाव भएको हो ।

यतिबेला एमाले पार्टीको नयाँ नेतृत्वमा जुटिरहेको छ । तर कार्यकर्ता तथा नेताहरु भात खाने होटल लजहरुमा रितो अवस्थामा बसिरहेका छन् ।अधिकतम खर्चेर खानाको व्यवस्थापन गर्दा पनि अभाव सृजना भइरहेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

महाधिवेशनका कारण स्थानीय चोक तथा बजारहरुमा सवारी जाम तथा भिडभाड रहेको छ । महाधिवेशनमा अध्याधिक मानिसहरु भेला भएकाले पनि बजारमा भातको खपत भएको हो ।

प्रतिक्रिया