एमाले महाधिवेशनः सचिवमा पनि ओलीका सातै जना विजयी


चितवन – नेकपा एमालेको जारी महाधिवेशनबाट सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका पूर्वमाओवादीका दुईसहित सातै जना विजयी भएका हुन् ।

निर्वाचित हुनेमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल निर्वाचित भएका हुन् ।

सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् ।

यससँगै अध्यक्ष ओलीको प्रस्तावविपरित उम्मेदवारी दिने सबैजना पराजित भएका छन् । ओलीविरुद्ध भीम रावलले अध्यक्षमा  उम्मेदवारी दिएका थिए भने घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

 

प्रतिक्रिया