एमाले अध्यक्षमा भीम रावल पराजित


काठमाडौं – नेकपा एमाले अध्यक्षका लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले भीम रावललाई पराजित गरेका छन्। पूर्ण मत परिणाम नआई रावल पराजित भएका हुन्।

अध्यक्षमा ओलीले एक हजार ५ सय ९ मत ल्याउँदा रावलले १२३ मत ल्याएका छन्। निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार कुल २१५३ मतदातामध्ये २ हजार ९२ मत खसेको थियो।

ओलीले ठुलो अन्तरले रावललाई पराजित गर्ने देखिन्छ। प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो।

एमालेले १० औँ महाधिवेशनमा विद्धुतिय मतदानको  प्रयोग गरेको थियो। बिहान २ बजेबाट मतदान सुरु भएको थियो।

प्रतिक्रिया