एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित


चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव विपरित उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन्् ।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएका हुन्।

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्।

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।

स्रोतका अनुसार अब एकदमै थोरै मतमात्रै गन्न बाँकी छ। औपचारिक परिणाम केहीबेरमा सार्वजनिक हुनेछ।

प्रतिक्रिया