एमाले अध्यक्षको परिणाम: ओलीले १२०० ल्याउँदा रावललाई ८२ मत


काठमाडौं – नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ। नेतृत्व चयनको लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन्।

सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन्। ओलीले ४०० मत ल्याउँदा प्रतिस्पर्धामा रहेका रावलको पक्षमा ४२ मत मात्रै झरेको थियो।

यो समाचार तयार पर्दासम्म ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै झरेको छ। निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्।

अहिले चितवनको सौरहास्थित सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ।

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउनेछ।

प्रतिक्रिया