एआईजीको कमान्डमा एमाले महाधिवेशन!


काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि सुरु हुँदैछ। चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिनेछ।

नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को कमाण्डमा टोली खटिनेछ। एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए।

महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी परिचालन हुने कुँवरको भनाइ छ। कुँवरका अनुसार सुरक्षामा बागमती प्रदेश प्रहरी र गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआईजी) पनि खटिने र समग्र कमान्ड एआईजी थापाले गर्नेछन्।

नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ। तर, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले महाधिवेशनमा जिल्ला इन्चार्जले कै कमाण्डर गर्नेछन्।

सशस्त्र प्रहरी प्रवक्ता डिआईजी मन्दिप श्रेष्ठका अनुसार महाधिवेशनमा जिल्ला इन्चार्ज १७ नम्बर गणका गणपति दिपक थापाको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन हुनेछन्।

प्रतिक्रिया