प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी रहन्छ : अधिवक्ता पौडेल


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नदिदासम्म आन्दोलन जारी राख्ने नेपाल बार एशोसियसनका महासचिव अधिवक्ता लीलामणी पौडेलले बताएका छन् ।

बारले जबरा विरुद्धको आन्दोलनमा आइतबार पनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने र सर्वोच्चमा प्रवेश निषेध गर्ने जनाएको छ ।

एशोसिएसन अध्यक्ष अधिवक्ता चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राजीनामाको विकल्प नभएको बताए । उनले भने, न्यायीक क्षेत्रको विचलनमा प्रधानन्यायाधीशको पनि भूमिका देखिएको छ। उहाँको राजीनामा नै हाम्रो बटम लाइन हो ।’ आइतबार बिहान १० देखि ११ बजेसम्म सर्वोच्चको मुलगेट अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ ।

बारले कानुन व्यवसायीहरुलाई आइतबार बिहान ९ बजे बारमा उपस्थित हुन आह्वान गरेको छ । १९ न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छैनन् तर, प्रधानन्यायाधीशले इजलास तोक्दै आएका छन् ।

कानुन व्यवसायीहरुले बहस पैरबी नगर्ने घोषणा गरिसकेका छन् । शुक्रबार कानुन व्यवसायीहरुले सर्वोच्चको मुल गेट अगाडि धर्ना दिएपछि अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गरेका थिए ।

प्रतिक्रिया