

वीरगञ्जबाट २० लाख नगदसहित हुण्डी व्यवसायी पक्राउ

वीरगंज – जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको एक टोलीले सोमवार बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने वर्ष ३१ का चन्दनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जनाए ।
एसपी पाण्डेका अनुसार पूर्व सूचनाको अधारमा वीरगंज घण्टाघरबाट आदर्शनगर जादै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई खान तलासी गर्दा साहले बोकेको झोलाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ फेला परेकोले नियन्त्रणमा लिइएको हो।
उनी माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

