

महिला लघुवित्तले दिने भयो ४५ प्रतिशत बोनससहित ५० प्रतिशत लाभांश

काठमाडौं – महिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

