काठमाडौंमा १४४९ सहित उपत्यकामा थपिए १९१६ संक्रमित


काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् ।

यससँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।

अहिले देशभर १३ हजार ५०३ जना होम आइसोलेसनमा र ८३७  जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ११० जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ३५५३ जना कोरोना संक्रमित थपिँदा २७१ जना कोरोनामुक्त भएका थिए भने १ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया