शेयरबजार राताम्मे, सय अंकले नेप्से घट्दा झण्डै ९ अर्बको कारोबार


काठमाडौं – गत साता लगातार उछाल लिँदै आएको शेयरबजार सोमबार एक्कासी राताम्मे भएको छ । सोमबार शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।

सम्हालिने क्रममा रहेको बजारमा एक्कासी गिरावट आउने संकेतदेखिएपछि लगानीकर्ता आत्तिएका देखिए । सोमबार कारोबार हुँदा अधिकांश कम्पनीका शेयर घटेका थिए ।

सोमबार नेप्से परिसूचक १००.१० अंकले गिरावट आएको छ । यससँगै नेप्से २८२०.४१ मा पुगेर रोकिएको छ ।

त्यस्तै शेयर कारोबारमा पनि वृद्धि भयो । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँको कारोबा भयो ।

 

प्रतिक्रिया