नेप्सेमा लगातार हरियाली, २० अंकले बढ्दा ८ अर्ब नजिक कारोबार


काठमाडौँ – साताको दोश्रो कारोबार दिन आज  (सोमबार) पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । इन्ट्रा डे कारोबारमा करेक्सन देखिएको सेयर बजार बन्द हुनेबेलासम्म दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । नेप्से ०.७१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ ।

कूल २२४ वटा कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको सेयर घटेको छ ।

सोमबार पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५८ रूपैयाँ ८० पैसा पुगेको छ ।

यस दिन १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ३.९५ प्रतिशतले घटेर ९ सय ८९ रूपैयाँ ३० पैसामा झरेको छ ।ब

प्रतिक्रिया