तिज मान्ने सीताको त्यो धोको, दुर्भाग्यः तिजमै भयो रहस्यमय मृत्यु!


सुनौलीबजारमा उनीसँगै तिजको किनमेल गरिरहेका अरु दिदीबहिनीहरुले यसपालीको तिज धुमधाम मनाइरहेका थिए। तर उनले किनेका कपडालगायतका श्रृंगारपटारका सरसमानहरु जुन–जुन झोला पोकाहरुमा ल्याइएको थियो त्यसैमा सिमित थिए र अहिलेसम्म छन्।

दुर्भाग्यः उनले सुनौली बजारबाट तिजमा त्यत्रो रहरले किनेर ल्याएका सरसमानहरु एकातिर, उनी निर्जिव ढुंगाझैं अर्कोतिर (अर्थात प्लाष्टिकको पोकामा) छिन्। आज मृत्यु घटनाको १० औं दिनसम्म पनि त्यस्तै अवस्थामा उनको शव रहेको छ।

उनी अर्थात रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कफी कम्पनी नजिकै आफ्नै घरको कोठामा रहस्यमय रुपमा भदौ २० गते विहान मृत फेला परेकी २७ बर्षीया सिता भण्डारी पौड्याल। शव पोष्टमार्टम गरियो। तर माइतीजनका लागि चित्तबुझ्दो रिपोर्ट आएन्।

रिपोर्टमा ‘ह्यांगिग’ भनिएको छ। जुन कुरा माइतीजन स्वकार्न तयार छैनन्। पुनः परीक्षण गरी घटनाको सत्यतथ्य छानविन गर्न माग गरेका छन्। त्यसैले माइतीजनले उनको शव उठाउन दिएका छैनन्। १० दिन लामो समयदेखि लुम्विनी प्रादेशिक अस्पतालमा सीताको शव छ।

सोही नगरपालिका–८, मणिग्रामको चार नम्वर टोल हो उनको माइतीघर। १९ भदौको दिउँसो दुई बजे अघिसम्म उनकी आमा पुनम भण्डारीसँगै थिइन् सिता। जतिबेला नारीहरुको महान चाड तिज नजिकिँदै थियो।

आमा पुनम भण्डारी तिजको किनमेल र यसपाली तिजमा लगाउनको लागि चुँदरी नामको साडी लगाउन छोरीले प्रकट गरेको रहरप्रति यसरी बिलौना गर्छिन्, ‘उसलाई यसपालीको तिजमा त्यो चुँदरी साडी लगाउने असाध्यै ठूलो रहर रैछ। त्यसैले हामी सुनौलीमा किनमेल गर्न गयौं।

यसरी पोख्छिन् आफ्नो बिलौना

उसले र मैले सुनौली बजारका लगभग १८ वटा दोकानमा त्यो चुँदरी साडी खोजियो। कहिँ पनि पाइएन्। त्यसपछि अर्को साडी रोजेर किनिन्। ब्लाउज, पेटिकोटसहित धेरै समानहरु किनमेल गर्यौं। छोरीले घरकी सासुआमालाई चुरापोतेहरु समेत किन्दिन्। ससुराबुवालाई सर्ट, जेठाजुकी छोरीलाई जामासहित धेरै सर–समान किनेर फर्किएका थियौं।

मृतक सीता भण्डारी पौड्याल

आमा पुनमले त्यसपछिका घटना यसरी सुनाइन्, ‘तानसेनमा ज्वाँई र छोरीले होटेल गर्दै आएका थिए। ६ भदौमा जनैपूर्णिमाको दिन छोरीलाई लिएर आउनुभयो। तिजसम्म बस्ने गरी छोरी यतै बसिन् भने ज्वाँई जानुभयो।

१९ भदौको दिउँसो तानसेनबाट ज्वाँई (टिका पौड्याल) को फोन आयो र उहाँले ल आज तिमी घर जाउ। म भरै आउँछु। दाईकी छोरीको बर्थडे हो भनेर भन्नुभयो।

त्यसपछि छोरीले आमाजु (विष्णु पौड्याल) श्रीमानको दिदी चितवनबाट आउनुभएको छ। गएन भने झगडा मात्रै हुन्छ। भन्दै उनले जाने मन त गरेकी थिइन्। तै पनि बर्थडे मनाउने जस्तो कुरामा जानै प¥यो भनेर घरबाट निस्केकी हो।

हुन्छ जाउ र आएपछि तिज मनाउला भन्दै पठाएँ। त्यसदिन साँझ साढे ६ बजेतिर ज्वाँई यहि आउनुभयो । पानी पनि नपिई बाहिरैबाट ल अब तपाईकी छोरी वितरा पर्ने भई, मैले रिल्याक्सको जीवन जिउँछु भन्दै धम्क्याएर जानुभयो।

अर्को दिन बिहान ५ बजेतिर जरुरी काम छ हजुरहरु मेरो घरमा जानुप¥यो। म बाहिर छु भनेर ज्वाँईले फोन गरेपछि हामी गयौं। त्यहाँ जाँदा छोरी सीताका सासु र ससुराभित्र आनन्दले सोफामा बसेका थिए। ज्वाँईकी दिदी त्यहाँ थिइनन्।

हामी गएको त्यस्तै २० मिनेटपछि ज्वाँई र उहाँका दाजु पनि आइपुगे। त्यसपछि अर्को कोठामा रहेकी दिदी पनि निस्किनुभयो। ज्वाँँईले दिदीतर्फ औला उठाउँदै मेरो श्रीमतीलाई यसैले मारेकी हो भन्दै दाजुलाई भन्दै थिए। हेर्नुस् दाई भाउजुलाई पनि यसले मार्न सक्छे ख्याल गर।

त्यसपछि म आत्तिदै कोठामा गएँ। छोरीको मुहार मुसारें। नाक र मुखमा रगत बगेको थियो। आँखा वरिपरि निला डामहरु थिए। छातीमा दुवै घुँडाले टेकेर घाँटी समाते जस्तो डाम थियो। शरीरको अन्य ठाउँमा पनि दाग थियो भन्छन्, नजिकबाट हेर्नेहरुले मैले त धेरै बेर हेर्न नसकेर त्यही ढलें।

आमा पुनम भण्डारीले गत वैशाखदेखि छोरीले श्रीमानबाट निकै कुटपिट खाँदै आएको कुरा आफूसँग नभने पनि पछि थाहा पाएको बताइन्। तै पनि सुधार गर्न सक्छु कि भनेर हामीसँग केही कुरा पनि सेयर गरिन्। भनेको भए यस्तो हुन दिने थिएनौं।

अस्ती आएदेखि आमा अब मलाई पाल्पा नपठाउनुस्, जति हजारको नोकरी भए पनि हुन्छ। यतै नोकरी खोजीदिनुस्। अब म पाल्पा जाँदै जान्न भन्दै थिइन्। पहिला पनि यहिँको कुमारवर्ती बोर्डिङ स्कुलमा पढाउँथिन्। राममणि क्याम्पसमा ब्याचलर चौथो बर्षमा पढ्दै थिइन्। उनीहरुले विवाह गरेदेखि तानसेनमा दि दरवार कटेज एण्ड रिर्सोट सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया