अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा


काठमाडौं – सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

यसअघि गत जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

सरकारी निर्णयसँगै पोखरेल सशस्त्र प्रहरी बलमा एआईजीको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया