नेपाल सरकारलाई एमसीसीको मुख्यालयले पठायो जवाफ


काठमाडौं – नेपालसँगको सम्झौताका विवादित विषयमाथि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारलाई जवाफ पठाएको छ ।

एमसीसीको मुख्यालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत बुधबार जवाफ पठाएको हो । एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा एमसीसीले राजदूतावासमार्फत नेपाललाई विवादित बुँदाका विषयमा जवाफ पठाएको हो । उच्च स्रोतकाअनुसार एमसीसीले सबै बुँदाको एक-एक गरी जवाफ दिएको छ । पत्रको विस्तृत विवरण भने आउन बाँकी छ ।

एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर नेपाल सरकारले भदौ १८ गते वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावासले जनाएको छ ।

 

प्रतिक्रिया